एक बिद्यालय जहाँ पढ्छन १४८ जुम्लाहा . . .

इन्भरक्लाइड । स्कटल्याण्ड ग्रेट ब्रिटेन को उत्तरी भागमा अवस्थित एक देश हो । जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन् । यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन । आयरल्याण्डको राष्ट्रिय समाचार एजेन्सी पिएका अनुसार स्कटिश काउन्सिल फेरि एक क्षेत्रको रूपमा देखा परेको छ, जहाँ ठूलो संख्यामा जुम्ल्याहाले आफ्नो प्राथमिक विद्यालयको अध्ययन सुरु गर्न लागेका छन् । यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन् ।

स्कटल्याण्डको इन्वरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा १४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन् । यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएर संख्या बढाएका छन् । जसका कारण जुम्ल्याहाको उच्च दरका लागि परिचित इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्वरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर रेकर्ड गरेको छ ।

भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिए । सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार छन् । यी प्रत्येक विद्यालयमा तीनवटा जुम्ल्याहा बच्चाहरू उनीहरूको पि वान कक्षाहरूमा सामेल हुनेछन् ।

प्रोभोस्ट ग्रीम ब्रुक्सले भने, ‘यो इनवरक्लाइड र ट्विनवरक्लाइड’ को लागि आफ्नो जुम्ल्याहालाई प्राथमिक कक्षामा स्वागत गर्ने वार्षिक परम्परा भएको छ ।’ आगामी साताबाट नयाँ सिजन सुरु हुनेमा उत्साह पक्कै रहेको उनले बताए । ‘यहाँ विद्यार्थीहरूलाई पोशाकमा हेर्न पाउनु साँच्चिकै राम्रो अनुभव हो । यो भन्दा राम्रो के हुन सक्छ ? हामी भाग्यमानी छौं कि हामीसँग इनवरक्लाइडमा धेरै स्कूलहरू छन् जहाँ जुम्ल्याहाहरू उपस्थित हुन्छन् ।’

प्रतिक्रिया