भारतमा एक पटकमा एक बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू

बेंगलुरु । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ छिन्, पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा । भाट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहेकी छन् जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् ।

३८ वर्षीया भाटले धेरै वर्षसम्म पुरुष साथीहरुको व्यङ्ग्य सहेकी थिइन् । तिनीहरुले उनीसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त हुनुहन्छ कि हुनुहुन्न भन्ने प्रश्न गर्दथे । तर उद्योगमा एक दशकपछि उनी बेंगलुरुको सबैभन्दा लोकप्रिय पबहरुमध्ये एकमा हेड ब्रुअर बन्न पुगेकी छन् र सहरको धनी युवा प्रविधि कामदारहरुको सेवा गरेकी छन् ।

‘एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ… रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म’, भाटले भनिन्, ‘हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलंक थियो… हामी ती रुढीवादी र बाधाहरू तोड्दैछौँ ।’

सरकारी तथ्यांक अनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेंगलुरु लामो समयदेखि प्रसिद्ध छ । यसको प्रख्यात प्रविधि उद्योगले प्रायः सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ ।

यसले बेंगलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरुमा जोडदार व्यापार प्रदान गर्दछ । बेंगलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् । आधिकारिक तथ्यांक अनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो ।

तुलनात्मक रूपमा तिनीहरुले बेंगलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरुको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकांक्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो । तीमध्ये ठूलो संख्यामा कामपछि बारहरुमा साथीहरुसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ ।

रोल मोडेल

तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि छन् । उनी औषधि अनुसन्धानकर्ताका रुपमा काम गर्न बेंगलुरु गइन् तर चाँडै आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा आकर्षित भएको पाइन् । सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने उनको बाटोले उनलाई आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरुमाथि आफूलाई दाबी गर्न बाध्य तुल्याइन् ।

‘त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर तपाईंको विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिश गर्दै… तपाईंले त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ’, उनले भनिन् ।

चार वर्षअघि उनले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गरिन् । यसले सहरका ब्रुपबहरुमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ ।

‘म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु’, पाइरेसले भनिन्, ‘उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरुलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।’

कटु पुरुष, कटु बियर

भाट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् । पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ ।

त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानूनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरुको उल्लेख गरिएको थियो । ‘यो इतिहासलाई ध्यानमा राख्दै जब मानिसहरुले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो’, भारतको बियर उद्योगको बारेमा पोडकास्ट होस्ट गिरिजा चट्टीले भनिन् ।

भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी संयम र उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजहरू मध्ये एक थिए । भारतको सन् १९४९ को संविधानले सरकारलाई औषधीय उद्देश्यहरुबाहेक मदिरापानमा रोक लगाउन आदेश दिन्छ, केही राज्यमा लागू गरिएको निषेधाज्ञा बाहेक यो खण्ड धेरैजसो बेवास्ता गरिन्छ ।

मदिरापान भारतीयहरुको सानो अल्पसंख्यकमा पनि लिंगहरुबीचको विभाजन स्पष्ट छ । सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरुले ग्रहण गर्छन् । बारहरुमा जाने थोरै महिलाहरूको बीचमा त्यो विभाजन र त्यसको सामाजिक अपेक्षाहरू अझै पनि सजिलै देख्न सकिन्छ ।

चट्टीले वेटरहरुले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उद्धृत गर्नुर्छिन् । ‘यदि महिलाहरुले कटु पुरुषहरूलाई सम्हाल्न सक्छन् भने उनीहरू कटु बियरलाई राम्रोसँग सम्हाल्न सक्छन्’, उनले हाँसो गर्दै भनिन् ।

प्रतिक्रिया