श्रीमान् र श्रीमतीको झगडाले बैंकक उडेको विमान दिल्ली मोडिएपछि…

नयाँ दिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । ‘विशेषरूपमा श्रीमान् र श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतले जनाएको छ ।

दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई मोड्नुपर्यो ।’

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । तर अज्ञात कारणले त्यो अनुरोध पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो ।

विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षा निकायलाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया