कर्णाली प्रदेशमा सत्ताको जुहारी : अविश्वास प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री कँडेलले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशमा सत्तारूढ साझेदार दलहरूबीचको तीव्र टकराव र राजनीतिक रसाकस्सीका बीच मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका कँडेलले अन्तिम समयमा आएर पद त्यागेका हुन् ।

शीर्ष तहमा शक्ति सन्तुलन मिलाउने प्रयास भइरहँदा कर्णालीमा भने प्रदेश तहको किचलो सतहमा आएको हो । काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डु बीच नयाँ सत्ता समीकरणबारे निर्णायक छलफल चलिरहेकै बखत मुख्यमन्त्री कँडेलको यो कदम आएको छ ।

गठबन्धनभित्र चुलिँदै गएको अविश्वास र आन्तरिक खटपटका कारण कांग्रेसका मन्त्रीहरूले यसअघि नै सरकारबाट बाहिरिएर कँडेलविरुद्ध मोर्चाबन्दी कसेका थिए । कांग्रेसले अविश्वासको प्रस्तावमार्फत संसदीय प्रक्रियाबाटै ढलाउने तयारी गरिरहेका बेला मुख्यमन्त्री कँडेलले राजीनामा दिने बाटो रोजेका हुन् ।

प्रतिक्रिया