गगनको घरअगाडि पनि बिहानैदेखि गाडी

काठमाडौँ । सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि गाडी तेर्स्याएको छ । सभापति गगन थापाको रातोपुलस्थित घर अगाडि मोटरसाइकलसमेत निस्किन नमिल्ने गरि सोमबार बिहान करिब ७ बजेदेखि गाडी तेर्स्याएर राखिएको हो ।

उक्त गाडी बिहानैदेखि तेर्स्याएर राखिएपछि गगनसहित छिमेकीलाई पनि सवारीसाधन बाहिर निकाल्न समस्या भएको छ । स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी तेर्स्याएर हिँडेका चालक त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर बाटो लागेका थिए । गाडी तेर्स्याएर हिँडेका व्यक्ति प्रहरीकै भ्यानमा चढेर हिँडेपछि त्यहाँबाट हटाउन स्थानीयबासी डराएका छन् । तर प्रहरीले भने यसबारेमा अहिलेसम्म केही बोलेको छैन ।

उता सोमबार नै काठमाडौंको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर मिडिया हाउसबाहिर ती गाडी तेर्साइएको थियो ।कार्यालयबाट बाहिर निस्किन नमिल्ने गरी सडक नै अवरुद्ध बनाएर शंकास्पद रुपमा पार्किङ गरिएका गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर उठाइसकेको छ ।

प्रतिक्रिया