मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ । बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि निजी नम्बर प्लेटका कार पार्क गरिएका हुन् ।

अनलाइनखबर अगाडि अज्ञात व्यक्तिले कार्यालयको मूल गेटमा कार पार्क गरी छाडेपछि कर्मचारीले अन्य सवारीसाधन कार्यालयभित्र प्रवेश गराउन सकेका छैनन् । कार पार्क गर्ने व्यक्तिको पनि हालसम्म पहिचान हुन सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली सम्बन्धित स्थानमा पुगेको छ । सबै गाडी हटाउने र घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया