विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सरकारलाई सभामुख अर्यालको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गर्नुभएको हो ।

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका हुन् ।

प्रतिक्रिया