
काठमाडाैँ । रौतहटका पत्रकार प्रिमेश शिवाकोटीको निधन भएको छ । मृगौलाको समस्याबाट ग्रसित पत्रकार शिवाकोटीको उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।
चन्द्रपुर नगरपालिका-७ निवासी ३६ वर्षीय शिवाकाेटी अन्नपूर्ण पोष्ट दैनिकका रौतहट संवाददाता तथा नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष हुन् । यसअघि शिवाकाेटीले साैर्य दैनिकमा पनि काम गरेका थिए ।
विगत केही समयदेखि मृगौलाको समस्याबाट ग्रसित शिवाकोटीको चितवन नेशनल मेडिकल कलेजमा भइरहेको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको हो। उनको परिवारमा श्रीमति र एक छोरी छन् ।
प्रतिक्रिया