बझाङ जीप दुर्घटनामा घाइते भएकाको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौं । बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याएको छ ।

हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

साथै, सोही क्रममा अर्की एक जना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको छ । बझाङ, केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए ।

प्रतिक्रिया