
काठमाडौँ । स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई शुभकामनासहित बिदाइ गरेको छ । फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङ्दु दोर्जे गुरुङ, श्रीयांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा पुष्प विष्ट (ज्वाला) छन् । २३ असारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन टोली असार २१ गते फ्रान्स जानेछ ।
कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि फ्रान्स दूतावासकी डेपुटी चिफ अफ मिसन एल्सा क्याली, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रममा सहभागीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेको स्वस्तिश्री फुटबल टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए ।
प्रतिक्रिया