विश्वकप : मेसीले राखे कीर्तिमान

काठमाडौँ । लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्‍याएका छन् । यस गोलसँगै मेसीले विश्वकप इतिहासमा कीर्तिमान समेत आफ्नो नाममा लेखएका छन् । उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको थियो । टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका थिए ।

मेसीको गोलसँगै अर्जेन्टिनाले ३ १ को जित निकालेको हो । जोर्डनका लागि मुसा अल तमारीले खेलको ५५ मिनेटमा शान्तवना गोल फर्काएका थिए ।

अर्जेन्टिनाले आफ्नो समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै समूहबाट ९ अंक जोड्न सफल भएको छ । खेल सकिएसँगै अर्जेन्टिनाले समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गरेको हो । यस खेलमा कप्तान मेसीले आफ्नो नाममा फुटबल इतिहासकै अर्को एउटा ठुलो कीर्तिमान थपेका छन् । उनले विश्वकपमा सर्वाधिक १९ गोल गर्ने खेलाडीका रुपमा आफ्नै कीर्तीमान तोडेका छन्।

प्रतिक्रिया