
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्याण्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट एकदिवसीय विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि आफ्नो आधिकारिक टोली घोषणा गरेको छ ।
आगामी जुलाई २१ देखि जुलाई ३१ सम्म नेदरल्याण्ड्समा चल्ने यस शृङ्खलामा नेपाल, नामिबिया र घरेलु टोली नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पहिलो खेलमा जुलाई २१ मा नेपालले नामिबियाको सामना गर्दै आफ्नो यात्रा सुरु गर्ने छ ।
क्यानका अनुसार अनुसार नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्ने छन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई सुम्पिएको छ । मुख्य टोलीमा कप्तान पौडेल र उपकप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
यसैगरी नेपाल क्रिकेट टोलीले मुख्य टोलीसँगै वैकल्पिक खेलाडीहरूको सूची पनि सार्वजनिक गरेको छ । जसमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन् ।

प्रतिक्रिया