France’s Kylian Mbappe (10) celebrates after scoring his team’s first goal during the World Cup Group I soccer match between France and Iraq in Philadelphia, Monday, June 22, 2026. (AP Photo/Petr David Josek)
काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध सानदार जित निकालेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भर्खरै सकिएको खेलमा किलियन एम्बाप्पे एक्लैको दुई गोल मद्दतमा फ्रान्सले इराकलाई शून्यकाविरुद्ध ३ गोले पराजित गरेको हो।
France’s Ousmane Dembele (7) celebrates with Kylian Mbappe (10) after scoring their third goal during the World Cup Group I soccer match between France and Iraq in Philadelphia, Monday, June 22, 2026. (AP Photo/Derik Hamilton)
वर्षाले करिब १ घण्टा स्थगित भएर पुनः सुरु भएको खेलमा फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका थिए। पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए।
फ्रान्सका लागि उस्मान डेम्बेलेले ६६ औँ मिनेटमा तेस्रो गोल गरेका हुन्। विश्वकपमै यो उनको पहिलो गोल हो। पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो। फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।
France’s Kylian Mbappe (10) reacts after scoring his team’s second goal during the World Cup Group I soccer match between France and Iraq in Philadelphia, Monday, June 22, 2026. (AP Photo/Petr David Josek)
प्रतिक्रिया