बहुविवाह मुद्दाका फरार प्रतिवादी पोखरेल पक्राउ

काठमाडौं । बहुविवाह मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका–५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका(५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा एक वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–९ साँगाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया