प्रहरीले बालकुमारीमा गोली हानेर ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गर्यो

काठमाडौं । प्रहरीले काठमाडौंको बालकुमारीमा गोली हानेर ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । शनिबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर २९६ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ स्थित बालकुमारी पुलमुनि प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा पक्राउ पर्नेहरूमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोर प्रसाद ओझैया, कैलालीको टीकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरज कुमार मण्डल रहेका छन् ।

लागुऔषधसहित फेला परेका थिए । प्रहरीले नियन्त्रणमा लिन खोज्दा ओझैया ब्राउन सुगर बोकेर भाग्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन उनको दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरेको जनाएको छ ।

गोली लागेर घाइते भएका ओझैयालाई तत्कालै उद्धार गरी वीर अस्पताल लगिएको र अहिले त्यहाँ उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद भएको लागुऔषध जफत गरी घटना र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया