हावाहुरीले नवलपुरको विनय त्रिवेणीमा २० वटाभन्दा बढी घरमा क्षति

नवलपुर । मंगलबार साझ आएको हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासी (नवलपुर) को विनय त्रिवेणी गाउँपालिका– १ मा २० वटाभन्दा बढी घरमा क्षति पुर्याएको छ ।

बगुवनमा १५ वटा घरको छाना उडाएको र घरभित्र रहेको अन्न र लत्ताकपडा भिजाउँदा समस्या परेको स्थानीय बुद्धराज विस्वकर्माले बताए ।

यसै गरेर बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानीको ट्यांकी हावाले ढलाएको र बिजुली बत्ती नहुँदा समस्यामा परेको गुनासो गरे ।

पालिकाको बगुवनमा १ , सिसेनी गाउँमा ५ घर र अन्य स्थानमा पनि हावाहुरीले घरको छाना उडाएको वडाध्यक्ष दिपक पौडेलले बताए ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया