
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै पोखरातर्फ जाँदै गरेको ना ५ ख ९२४३ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रकचालक बाराको निजगढ नगरपालिका–९ बस्ने २८ वर्षीय यमकुमार नेपाली र २४ वर्षीय सहचालक सुजन परियार घाइते भएका छन् । बिहानको समयमा गुडिरहेको ट्रक एक्कासि दुर्घटनामा परेको देखेपछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले घाइतेहरूको तत्काल उद्धार गरेका थिए ।
प्रहरीका अनुसार घाइते दुवै जनाको अवस्था मध्यम रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति वा प्राविधिक गढबढी के कारणले ट्रक दुर्घटना भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया