
काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ढिलो गरी सुरु भएको छ । बिहान तोकिएको समयमा सुरु नभएपछि आजै दिउँसो २ बजेलाई सारिएको थियो । तर, २ बजे पनि सुरु नभएपछि ३ः१५ बजे सुरु भएको हो ।
यसअघिका बैठकहरुमा प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गरेका थिए ।
विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया