२० दिन लामो बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिपछि २० दिन लामो बिदामा बसेकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छन्। सोमबार सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी हुन् ।

सोमबार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ । मल्लको एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलाससमेत छ ।

सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन् ।

प्रतिक्रिया