राप्रपा छाडेका धवलशमशेर राणाले गरे नयाँ पार्टी खोल्ने घोषणा, राणासहित १८३ जनाले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेकाका डा धवलशमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर राणाले नयाँ पार्टी गठन गर्न लागेको घोषणा गरेका हुन् ।

यसै साता उनले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए । राणासँग राप्रपाका केही नेता तथा कार्यकर्ताहरुले पनि पार्टी छाडेर नयाँ अभियानमा लागेको बताएका छन् ।

पहिलो चरणमा राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका हुन् ।

राप्रपाका केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया