न्यूयोर्कमा नेपाल डे परेडको रौनक (तस्बिरहरू)

न्यूयोर्कको म्यानहट्टनमा मे १७ तारिख आइतबार नेपाल डे परेड भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायले झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुति सहित शहरलाई नेपालीमय बनाएका थिए। कार्यक्रममा न्यूयोर्क र आसपासका राज्यहरूबाट हजारौं नेपाली सहभागी भएका थिए। विगत १० वर्षदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको नेपाल डे परेड प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। यो परेडको मुख्य आयोजक गैरआवासीय नेपाली संघ, न्यूयोर्क च्याप्टर रहँदै आएको छ।
तस्बिरहरु- राजन काफ्ले, न्यूयोर्क

प्रतिक्रिया