श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–०४ डाँडागाउँमा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

संखुवासभा चैनपुर नगरपालिका–०७ घर भई हाल मादी नगरपालिकामा बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै ४३ वर्षीया श्रीमती फुलमाया मुदेलको हत्या गरेका हुन् ।

विवादका क्रममा अमरबहादुरले घरमै रहेको धारिलो हतियार खुकुरी प्रहार गर्दा फुलमायाको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगतै सक्रिय भएको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको खुकुरीसहित अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सार्कीमाथि घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिनुका साथै कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया