नरहरीनाथमा आँखा शिविर सञ्चालन

सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया गरिएको छ । शिविरको पहिलो दिन २ सय ८ जनाको आँखा जाँच गरिएको र २० जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको अस्पतालका सिनियर अहेव निरीक्षक धनबहादुर बोगटीले जानकारी दिए ।

आई केयर फाउन्डेसनको सहयोगमा, नेपाल नेत्र ज्योति संघ अन्तर्गत हिमालय आँखा अस्पताल पोखराको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ कालिकोट र नरहरिनाथ गाउँपालिकाको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो । अस्पतालका डा. शिवनाथ यादवका अनुसार अनुभवी नेत्ररोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीसहितको चिकित्सक टोलीले बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया