रियलमी जीटी ८ प्रो सिरिज नेपालमा

काठमाडौँ । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । रियलमी जीटी ८ प्रो यहि बैशाख १३ देखि नेपाली बजारमा सार्वजनिक गरिएको हो । नवप्रवर्तन, उच्च कार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित रहँदै फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको कम्पनीको दाबी छ ।

प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली प्रोसेसिङ क्षमता र लामो समयसम्मको ब्याट्री क्षमतालाई आकर्षक तथा मजबुत डिजाइनमा समेटेको छ ।

यो फोनको प्रमुख आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ । यो फोनमा नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप प्रोसेसर प्रयोग गरिएको छ, जसलाई उन्नत हाइपर भिजन प्लस एआई चिपले साथ दिएको छ । उक्त संयोजनले गेमिङ, बहुकार्य सञ्चालन तथा सामग्री निर्माणका क्रममा उच्च कार्यसम्पादन, उत्कृष्ट ऊर्जा दक्षता र समग्र प्रयोग अनुभवमा उल्लेखनीय सुधार ल्याउने बताइएको छ ।

जीटी ८ प्रो सिरिज ब्याट्री र चार्जिङ क्षमताका कारण पनि विशेष रहेको छ । यसमा ७००० मिलिअम्पियर–घण्टाको टाइटन ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्ने बताइएको छ ।


रियलमी जीटी ८ प्रो सिरिज नेपालमा १६ जीबी ¥याम र ५१२ जीबी स्टोरेज क्षमतासहित उपलब्ध रहेको छ । विन्ड मुभ्स ह्वाइट भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ, भने एस्टन मार्टिन ग्रिन भेरियन्टको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ रहेको छ । यो स्मार्टफोन देशभर उपलब्ध भइसकेको छ, साथै, ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा समेत प्रदान गरिएको छ, जसले फ्ल्यागशिप स्मार्टफोनको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया