
काठमाडौँ । अग्रणी एफएमसिजी समूह तथा बहु–व्यावसायिक संस्था धरमपाल सत्यपाल समूह (डिएस ग्रुप) अन्तर्गतको ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा आफ्नो व्यापारिक क्षेत्र विस्तार गर्ने घोषणा गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित ‘जिएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२६’ को ११औँ संस्करणमा डाइमन्ड स्पोन्सरको रूपमा सहभागी हुँदै ब्रान्डले रिटेल र होरेका (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने योजना सार्वजनिक गरेको हो ।
२२ देखि २५ अप्रिलसम्म चल्ने यस प्रदर्शनीमा क्याच स्पाइसेसले ४ वटामार्फत आफ्ना विभिन्न गुणस्तरीय उत्पादनहरू प्रदर्शन गरिरहेको छ । रणनीतिक कदमलाई ब्रान्डले नेपालमा आफ्नो विकासको अर्को महत्वपूर्ण चरणको रूपमा हेरेको छ ।
देशभर वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने र रिटेल तथा फुड सर्भिस क्षेत्रका साझेदारहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
विस्तार योजनाबारे जानकारी दिँदै डिएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपालको प्याकेज्ड मसला उद्योगमा रिटेल नेटवर्कलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको विशेष आकर्षणको रूपमा अन्तर्राष्ट्रिय स्तरका प्रख्यात नेपाली सेफ तथा ब्रान्ड एम्बेसडर सन्तोष शाह रहेका छन् ।
प्रतिक्रिया