
काठमाडौं । पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको कार्यालयमा हाजीर गराइएको छ ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ परेका उपाध्यक्ष पौडललाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर विभागमा हाजिर गराइएको हो ।
उनलाई सोमबार विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई इमेल लेखेको थियो । सुर्खेतको शुभ होटलमा एमालेको चुनावी समीक्षा तथा पुनर्गठन कार्यक्रम चलिरहेकै बेला प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई नेपालगञ्जस्थित प्रहरी गणमा राखेर मंगलबार बिहानै काठमामडौं ल्याइएको हो । उनीमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइँदै छ ।
उनीमाथि हाल जेलमा रहेका व्यवसायी दीपक भट्टसँग जोडिएर उठबस र कारोबारको आरोप छ । पौडेल अर्थमन्त्री हुनासाथ शेयर कारोबारमा उछाल आउने गरेको थियो ।– तस्विर नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया