
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार सबै जिल्लाका लागि प्रतिनिधिहरूको कार्यविभाजन गरी खटाइएको हो ।
केन्द्रीय कार्यालय ललितपुरबाट कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार तोकिएका प्रतिनिधिहरूले यही असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। यस नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य उद्देश्य राखिएको छ ।
पार्टीले सार्वजनिक गरेको सूची अनुसार सुदूरपश्चिम प्रदेशका जिल्लाहरू अन्तर्गत अछाममा जगत प्रसाद जोशी, बझाङमा बिजय बहादुर स्वाँर, बाजुरामा दार्चुलाका गणेशराज भट्ट, डोटीमा हिम बहादुर रावल, डडेलधुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउँद ऐरी, बैतडीमा शुसीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्र प्रसाद बडू र कैलालीमा मधु आचार्यलाई जिम्मेवारी दिइएको छ । जसमा भट्ट बाहेक सबै केन्द्रीय सदस्य हुन् ।
कर्णाली प्रदेशका जिल्लाहरूमा हुम्लाका लागि सूर्यबहादुर वि.क. (के.स.), जुम्लाका लागि तपेन खड्का (अछाम), मुगुका लागि युबराज पाण्डे (स्याङ्जा), कालिकोटका लागि कमलराज रेग्मी (के.स.), डोल्पाका लागि बलदेव तिमिल्सिना (सिन्धुपाल्चोक), दैलेखका लागि तीर्थजंग शाही (के.स.), सुर्खेतका लागि लेखनाथ पोख्रेल (अर्घाखाँची), सल्यानका लागि केशवराज आचार्य (के.स.), रुकुम पश्चिमका लागि नारायण कोइराला (सुर्खेत) र जाजरकोटका लागि छाया सुनार (के.स.) खटिएका छन् ।
लुम्बिनी प्रदेशतर्फ रुकुममा भिम श्रीष (के.स.), रोल्पामा किरण किशोर घिमिरे (दाङ), प्युठानमा टेकराज पौडेल (के.स.), दाङमा राधेश्याम पाठक (के.स.), बाँकेमा महेन्द्र शर्मा (बर्दिया), बर्दियामा सुरेन्द्र प्रसाद चौधरी (के.स.), अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह (के.स.), गुल्मीमा हरि आचार्य (बागलुङ), पाल्पामा मुना भुसाल (के.स.), रुपन्देहीमा नारायण प्रसाद भट्टराई (के.स.), कपिलवस्तुमा प्रदीपराज शर्मा (के.स.) र परासीमा केशव प्रसाद निरौला (मोरङ) लाई तोकिएको छ ।
गण्डकी प्रदेशका जिल्लाहरूमा गोरखाका लागि तिलक रानाभाट (के.स.), लमजुङका लागि कृष्ण बहादुर के.सी. (के.स.), तनहुँका लागि कुशुमदेवी थापा मगर (के.स.), मनाङका लागि मन कुमारी गुरुङ (के.स.), मुस्ताङका लागि जगदिश उपाध्याय (के.स.), म्याग्दीका लागि छन्दबहादुर पहराई (के.स.), बागलुङका लागि जित नारायण श्रेष्ठ (के.स.), पर्वतका लागि रेसम बहादुर बानिया (के.स.), कास्कीका लागि विष्णुदेवी पाण्डे (के.स.), स्याङ्जाका लागि दिपक भट्टराई (तनहुँ) र नवलपुरका लागि डा. गोपाल दहित (के.स.) लाई पठाइएको छ ।
बागमती प्रदेशका जिल्लाहरूमा दोलखाका लागि नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका ओम घर्ती मगर, रामेछापका लागि सिता मिजार (के.स.), सिन्धुलीका लागि डा. मुकेश काफ्ले (सर्लाही), काभ्रेका लागि शिब सुनार (के.स.), सिन्धुपाल्चोकका लागि नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष इच्छु राना, काठमाडौँका लागि सह-महामन्त्री उदय शमसेर राणा, ललितपुरका लागि मनोजमणि आचार्य (रोल्पा), भक्तपुरका लागि राजेन्द्रकुमार के.सी. (के.स.), रसुवाका लागि ईश्वर अधिकारी (धादिङ), नुवाकोटका लागि वंशलाल तामाङ (सिन्धुपाल्चोक), धादिङका लागि सुशील भट्ट (काठमाडौँ), चितवनका लागि डा. केदार नरसिंह के.सी. (के.स.) र मकवानपुरका लागि बद्रीप्रसाद अर्याल (धादिङ) खटिएका छन् ।
मधेश प्रदेशतर्फ सप्तरीमा रामपल्टन साह (के.स.), सिरहामा रामकुमार यादव (सप्तरी), धनुषामा सुबास कुमार पोख्रेल (के.स.), महोत्तरीमा शम्भुलाल श्रेष्ठ (के.स.), सर्लाहीमा अनिलकुमार झा (के.स.), रौतहटमा प्रमोदहरि गुरागाई (के.स.), बारामा मथुरा प्रसाद घिमिरे (के.स.) र पर्सामा उज्ज्वल प्रसाद बराल (के.स.) लाई खटाइएको छ ।
कोशी प्रदेशका जिल्लाहरू अन्तर्गत ताप्लेजुङमा हिमालय कर्मचार्य (के.स.), पाँचथरमा उमा शिवाकोटी (के.स.), इलाममा यदु विष्ट (मोरङ), झापामा राजीव कोइराला (के.स.), मोरङमा सुधीरकुमार शिवाकोटी (के.स.), सुनसरीमा कुमार लुइटेल (ओखलढुंगा), धनकुटामा नगेन्द्र कुमाल (के.स.), उदयपुरमा दिनेश कुमार यादव (के.स.), भोजपुरमा दिपन कुमार श्रेष्ठ (के.स.), तेह्रथुममा मेदिनीप्रसाद सिटौला (झापा), संखुवासभामा रुद्र कन्दङ्वा (तेह्रथुम), सोलुखुम्बुमा लक्ष्मि परियार (के.स.), खोटाङमा दिपक अधिकारी (सर्लाही) र ओखलढुङ्गामा आङ्गेलु शेर्पा (के.स.) लाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ ।
कुन जिल्लामा को खटिए ?
कांग्रेसले बागमती प्रदेशअन्तर्गत काठमाडौंमा पार्टीका सहमहामन्त्री उदयशमशेर राणालाई खटाएको छ। यसैगरी ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, चितवनमा डा. केदारनरसिंह केसी, मकवानपुरमा बद्रीप्रसाद अर्याल, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, सिन्धुलीमा डा. मुकेश काफ्ले, रामेछापमा सीता मिजार र दोलखामा ओम घर्तीमगर खटिएका छन् ।
कोशी प्रदेशको ताप्लेजुङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दीपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी र ओखलढुंगामा आङ्गेलु शेर्पालाई खटाइएको छ ।
मधेस प्रदेशको सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे र पर्सामा उज्ज्वलप्रसाद बराल प्रतिनिधि तोकिएका छन् ।
गण्डकी प्रदेशअन्तर्गत गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुसुमदेवी थापामगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई र नवलपुरमा डा. गोपाल दहितलाई जिम्मेवारी दिइएको छ ।
लुम्बिनी प्रदेशको रुकुम (पूर्व) मा भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा र परासीमा केशवप्रसाद निरौला खटिएका छन् ।
कर्णाली प्रदेशअन्तर्गत हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डे, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, जाजरकोटमा छाया सुनार र रुकुम पश्चिममा नारायण कोइरालालाई प्रतिनिधि तोकिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वार, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू र कैलालीमा मधु आचार्य खटिएका छन् ।




प्रतिक्रिया