रास्वपा केन्द्रीय सदस्यमा ३५५ जनाको उम्मेदवारी

चितवन, ९ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मङ्गलबार चितवनमा आयोजित बन्दसत्र परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल । तस्वीर: चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीको अन्तिम नामावली केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय निर्वाचन आयोगकाअनुसार भूगोल (प्रदेश) मा १७४ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ८५ जनाको उम्मेदवारी परेको छ । समावेशी समूहतर्फ ९६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीमा अधिकांश मन्त्री, सांसद, सचिवालय सदस्यहरु छन् । उम्मेदवारको नाम मेसिनमा इन्ट्री गर्न ६ घण्टा समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

रास्वपा महाधिवेशनको बन्दसत्र चितवन, ९ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मङ्गलबार चितवनमा आयोजित बन्दसत्रको उद्घाटन कार्यक्रममा सहभागी पार्टीका नेताहरू । तस्बिर: प्रदीपराज वन्त/रासस

रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत हिजोदेखि सुरु भएको बन्दसत्रमा करिब ४ हजार प्रतिनिधि सहभागी छन् । आयोगकाअनुसार एउटा व्यक्तिलाई भोट हाल्न १५ मिनेट लाग्नेछ । भोटिङका लागि ८० वटा मेसिन राखिएको छ । प्रवासबाट प्रतिनिधिलाई मोबाइल एपमार्फत मतदानको व्यवस्था गरिएको छ । एक व्यक्तिलाई ढिलोमा १५ मिनेट लागे पुरै मतदान सकिन कम्तिमा ८ देखि १० घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया