रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पहिलो चरणको मतदान सकिएको छ । बिहीबार दिउँसो १२ बजे मतदान सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार १२ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। गए राति १२ बजेदेखि मतदान सुरु भएको थियो । रास्वपा प्रवक्ता मनिष झाले तीन हजार एक सयको मत खसेको प्रारम्भिक विवरण रहेको बताए । रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

बिहीबार मध्याह्न रास्वपा सभापति रवि लामिछाने पनि मतदान गर्न पुगेका थिए । उनले अन्तिम समयमा मतदान गरेका थिए । रास्वपा विधान अनुसार, पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुन्छ ।

सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने केन्द्रीय सदस्यका लागि मतदान भएको हो । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा सुरु भएको हो ।

प्रतिक्रिया