
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ । गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।
रास्वपाको केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ केन्द्रीय सदस्य निर्वाचन मार्फत चुनिने छन् । जसका लागि ३८४ जनाको उम्मेदवारी रहेको छ । बाँकी पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ। पार्टीको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि मतदान हुनेछ । राति अबेरसम्म मतदान प्रक्रियामा ढिलाइ हुँदा प्रतिनिधिहरुले नेतृत्वविरुद्ध नारावाजी सुरु गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।












प्रतिक्रिया