रास्वपा महाधिवेशन : राति ८ः३० बजेबाट मतदान सुरु गर्ने

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ ।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ । एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ ।

सोही आधारमा आज राति ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो सञ्चालन भइरहेको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया