सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका– ४ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४, त्रिभुवन पार्क बस्ने १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् ।

पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल ‘Discord’ र ‘Telegram’ समेतमा पोस्ट गरेपछि पीडितले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। साइबर ब्यूरोको प्राविधिक अनुसन्धान र विश्लेषणबाट संलग्नता खुलेपछि खटिएको प्रहरी टोलीले उनलाई २०८३ असार १० गते पक्राउ गरेको हो ।

पक्राउ परेका तिमल्सिनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभएको छ । उक्त घटनाको अनुसन्धानका लागि सम्मानित काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया