
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा घरजग्गाको कारोबारमा वृद्धि हुँदा राजस्वमा पनि बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको चैतभन्दा चालु आवको चैतमा ४०.२९ प्रतिशतले राजस्व बढेको हो ।
गत वर्ष २०८१ सालको चैतमा ४ अर्ब ३९ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएकोमा यो वर्ष २०८२ चैतमा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार २०८२ चैतमा १ लाख ७६ हजार ७७१ पटक कारोबार भएको छ । अर्थात् फागुनमा १९.९१ प्रतिशतले कारोबार बढेको छ । फागुनमा ५५ हजार ५३१ पटक लिखत पारित भएको छ ।
चालु आर्थिक वर्षका सुरुआती अर्थात २०८२ को असार मसान्तदेखि कित्ताकाट रोक्का गरिएको थियो । जसको असरले घरजग्गाको कारोबार तथा कित्ताकाट लगातार घटिरहेको थियो । तर, मंसिर महिनादेखि कारोबारमा एक्कासि सुधार देखिएको थियो । सरकारले कित्ताकाट खुलाएका कारण मंसिर, पौष, माघ महिनामा घरजग्गाको कारोबारमा सुधार आएको थियो ।
प्रतिक्रिया