
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक उमाशंकर जोशी र चर्चित गायिका रेखा जोशीको सुमधुर स्वरमा सजिएको नयाँ सांगीतिक कोसेली ‘अब माया कट्टि’ सार्वजनिक भएको छ । गायक उमाशंकर जोशीकै आधिकारिक युट्युब च्यानलमार्फत यस गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा सुदर्शन थापाको शब्द र स्वयं उमाशंकर जोशीको संगीत रहेको छ । गीतको संगीत संयोजनमा आधुनिक प्रविधि ‘सुनो एआई’ (Suno AI) को प्रयोग गरिएको छ ।
मालाश्री स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ र मास्टरिङ अनुभवी प्राविधिक खड्क बजुरालीले गरेका हुन् भने रेकर्डिङमा सागर र राजेन्द्र बजुरालीले साथ दिएका छन् ।
गीतको भिडियोलाई निकै कलात्मक ढंगले तयार पारिएको छ । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको भिडियोमा लोकेश बिसी र पुनम सुनारको अभिनय देख्न सकिन्छ । उमेश बहादुर शाहले छायांकन गरेको यस भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
प्रविधि र भावनालाई जोडेर गीतलाई उत्कृष्ट बनाउने प्रयास गरिएको, भिडियो उत्कृष्ट बनेको र शब्दहरू मौलिक भएका कारण दर्शकहरूले यसलाई माया गर्नेमा आफू ढुक्क रहेको मोडल लोकेश बिसीले बताए ।
प्रतिक्रिया