नायक श्रीदेव भट्टराईको मुख्य अभिनयमा चलचित्र ‘टेम्के द डेस्टिनेसन’ निर्माण हुने

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘टेम्के द डेस्टिनेसन’ निर्माण हुने भएको छ । उक्त चलचित्रको शुभमुहूर्त शुक्रबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा गरिएको छ ।

आरडीएस नेपालको प्रस्तुतिमा बन्ने यस चलचित्रको निर्देशन देवप्रसाद धिमालले गर्ने छन् भने धिमाल नै चलचित्रका निर्माता पनि हुन् । त्यसैगरी सह–निर्माताको रूपमा पंकज सरदार रहेका छन् ।

चलचित्रमा अन्यकलाकारहरु वरिष्ठ नायक शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायतका कलाकारहरूको अभिनय रहने छ ।

उक्त चलचित्रमा विशेष गरी श्रीदेव भट्टराई नायकका रूपमा देखिने उनले बताए । पछिल्लो समय उदयमान कलाकारका रूपमा चर्चा कमाउँदै आएका भट्टराई विभिन्न म्युजिक भिडियो तथा अभिनयमार्फत दर्शकमाझ परिचित बन्दै आएका छन् ।

यस चलचित्रमार्फत उनले आफ्नो अभिनय क्षमतालाई ठूलो पर्दामा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ । कथाको महत्वपूर्ण पात्रका रूपमा उनी देखिने र चलचित्रको भावनात्मक तथा नाटकीय पक्षलाई अझ सशक्त बनाउने विश्वास निर्माण पक्षले गरेको छ ।

चलचित्रको सह–निर्देशन विजयराज भुर्तेलले गर्ने छन् भने द्वन्द्व निर्देशन राजु किरातले सम्हाल्ने छन् । छायांकनको जिम्मेवारी नरेश ऐयरलाई दिइएको बताइएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिने नायक भट्टराईले जानकार िदिए । उनका अनुसार छायांकन कार्य चैत महिनाको दोस्रो सातादेखि सुरु गर्ने तयारी गरिएको छ।

नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने लक्ष्यसहित शुभमुहूर्तसँगै चलचित्रको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको निर्माण टोलीले जनाएको छ ।

प्रतिक्रिया