भक्तपुरमा कजारियाको नयाँ शोरूम

भक्तपुर । नेपालको प्रिमियम र विश्वसनीय टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेडले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा भक्तपुरको सल्लाघारी (इटापाको) मा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ । पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालित उक्त शोरूमको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रममा मिस वर्ल्ड नेपाल २०२४ आश्मा केसीको उपस्थितिले विशेष आकर्षण थपेको थियो । कजारियाका प्रतिनिधिहरू र स्थानीय व्यवसायीहरूको उपस्थितिमा रिबन काटेर शोरूमको सुरुवात गरिएको थियो । यो नयाँ शोरूमले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधानका लागि सहज पहुँच पुऱ्याउने विश्वास लिइएको छ ।

शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शन गरिएको छ, जहाँ ग्राहकले आफ्नो आवश्यकता र चाहना अनुसारका आधुनिक डिजाइनहरू छनोट गर्न सक्नेछन् ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो उद्योगमार्फत अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्दै आएको छ । कम्पनीले हाल ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

प्रतिक्रिया