
कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरंगे ब्यारेकमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिए । घटना आज बिहानको हो ।
प्रतिक्रिया