
काठमाडौं । ‘बेहाल’ नामक नयाँ गीत सार्वजनिक भएको छ । आइतबार गीत विमोचनसहित युट्युमार्फत सार्वजनिक गरिएको हो । गीत विमोचनका प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी फणिन्द्र राई, विशिष्ठ अतिथीहरु गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीलगायत श्रष्टा श्रर्जकहरुले गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका थिए ।
प्रेमभाव बोकेको गीतमा डा. देवेन्द्र प्रधानको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ । विषम आचार्यको एरेन्जमेण्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।
यस्तै गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका हुन् । अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए । यस्तै गीतकार गुरुङले गीत सुन्दा सरल भएपनि शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको जनाइन् । यस्तै उनले गीतको भिडियो पनि आकर्षक बनेको बताइन् ।
यता गजलकार महतले गीतको अडियो र भिडियो दुवै पक्ष शशक्त बनेको बताए । यस्तै सेन्सर बोर्ड सदस्य गिरीले पछिल्लो समय थुप्रै गीतहरु बजारमा आउने गरेको तर, केही मात्र उत्कृष्ट हुने गरेको बताए । भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौं आएका थिए ।
प्रतिक्रिया