चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको काम तीव्र

काठमाडौँ । चक्रपथ विस्तार आयोजना अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको विस्तार कार्यले गति लिएको छ। हालसम्म यस खण्डको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । चक्रपथको दोस्रो चरण (कलंकी–बसुन्धारा) विस्तार कार्य चीन सरकारको अनुदानमा हुने भनिए पनि प्राविधिक र कूटनीतिक ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यो खण्डको काम अघि बढाएको हो ।

चालु आर्थिक वर्षका लागि नेपाल सरकारले यस खण्डका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । पहिलो चरणमा उपलब्ध बजेट अनुसार ७०० मिटर सडक खण्डलाई विस्तार गरी कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको समग्र योजना महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म विस्तार गर्ने रहेको छ । हाल सो क्षेत्रमा सडक फराकिलो बनाउने, ड्रेन (ढल) निर्माण गर्ने र जग बसाल्ने काम धमाधम भइरहेको छ। ठेक्का सम्झौता अनुसार नै तोकिएको समयभित्र कालोपत्रे सम्पन्न गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेका छन् ।

 तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया