झविन्द्र पौडेलको गीत ‘छल्दी र पनाह’

काठमाडौं । गायक झविन्द्र पौडेलले ‘छल्दी र पनाह’ बोलको गीत ल्याएका छन् । युट्युबमा सार्वजनिक भएको उक्त गीतले छोटो समयमा नै दर्शकहरुका मन जित्दै गइरहेको गायक पौडेलको दाबी छ ।

गीतमा झविन्द्र पौडेल र शान्तीश्री परियारको स्वर रहेको छ भने गायक एवं सर्जक विमलराज क्षत्रीको शब्द, संगीत रहेको छ । त्यसैगरी उक्त गीतको भिडियो विमलराज क्षत्रीको युयुट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सो गीतमा सुनिल क्षत्रीको कथा, निर्देशन रहेको छ भने अभि र रितेशको कोरियोग्राफी, राजेश घिमिरे र नवराज उप्रेतीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ ।

प्रतिक्रिया