सानिमा बैंकको सिइओमा आचार्य

काठमाडौँ । सानिमा बैंक लिमिटेडको नेतृत्व पवनकुमार आचार्यले सम्हालेका छन् । सोमबार औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका हुन् । बैंकको सञ्चालक समितिले २०८२ कात्तिक २४ मा बसेको बैठकबाट आचार्यलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पछिल्ला २१ वर्षदेखि बैंकसँग आबद्ध रहँदै आएका आचार्य सिइओ बन्नुअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । यस अवधिमा उनले १० भन्दा बढी विभाग तथा शाखाको नेतृत्व गरिसकेका छन् । आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । उनले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको भूमिकामा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया