गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेडसँग सम्झौता भएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच एक सम्झौता भएको बैंकले जनाएको छ ।

सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया