एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८००

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन २ हजार ४०० र चाँदी २ सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३ हजार ८०० त्यति नै चाँदीको मोल ६ हजार ४८० रूपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० र त्यति नै चाँदीको ६ हजार १९० रूपैयाँ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया