‘ग्राउ योर सेल्स टेन एक्स’ आयोजना हुँदै

काठमाडौँ । बिक्री, व्यवसाय र नेतृत्व विकासका क्षेत्रमा प्रभावशाली प्रशिक्षकका रूपमा परिचित सन्तोष लामाले ‘ग्राउ योर सेल्स टेन एक्स’ आयोजना गरेका छन् । उनले चौथो संस्करणको कार्यशाला आयोजना गरेका हुन् । कार्यक्रम आगामी माघ १४ गते राजधानीमा हुने भएको हो । कार्यशाला ब्रेकथ्रु लाइफद्वारा आयोजना गरिएको हो । कार्यक्रम व्यवस्थापन तथा प्रचार–प्रसार साझेदारका रूपमा केशरी एड्भरटाइजिङ एन्ड मार्केटिङ रहेको छ ।

कार्यशालाको मुख्य उद्देश्य नेपाली उद्यमी, व्यवसायी, बिक्रीकर्मी तथा नयाँ पुस्ताका नेतृत्वकर्तालाई आफ्नो बिक्री क्षमतालाई दस गुणासम्म कसरी विस्तार गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान र रणनीति प्रदान गर्नु रहेको आयोजकले जनाएको छ । प्रशिक्षक लामाले अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका आधुनिक बिक्री, ब्रान्ड निर्माण तथा सोच विकासका प्रविधिलाई नेपाली बजारअनुकूल बनाएर प्रस्तुत गर्ने बताइएको छ । साथै, आफ्ना उत्पादन तथा सेवालाई उच्च मूल्यमा बिक्री गर्ने विषयमा विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया