सहकारीहरुको एकीकरणमा फिदिमका मेयरको जोड

पाँचथर । फिदिम सहकारी सम्बन्धी कोपोमिस तालिम सम्पन्न भएको छ । फिदिम नगरपालिका कार्यक्षेत्रमा रहेका सहकारी संस्थालाई कोपोमिस तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता सम्बन्धी तालिम बिहिबार सम्पन्न भएको हो ।

फिदिम नगरपालिकाको आयोजना र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा ३ दिने शुरु भएको थियो । फिदिम नगरपालिकाको नगर प्रमुख मित्रप्रसाद काफ्लेले मंगलबार उद्घाटन गरेका थिए । तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका मनोज लामिछानेले डिजिटल प्रविधिबाट अनलाईन पोस्टिङ गर्न सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा नगर प्रमुख काफ्लेले सहकारी संस्था दर्बिलो बनाउनको लागि वडामा एक÷एक वटा सहकारी रहने गरि मर्ज (एकीकरण) गरेर जानु पर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा पाँचथर जिल्ला सहकारी संघको हालै सम्पन्न साधारणबाट निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराइएको छ ।

नव निर्वाचित दोस्रो कार्यकालका अध्यक्ष रेणुप्रसाद ओझाले सहकारी संस्थाको दिगोपनको लागि संघ सहकारी संस्थाहरूको साथमा रहेको बताए ।

उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण संघ, जिल्ला कृषि सहकारी संघ, चिया सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको तर्फबाट सहभागीता रहेको सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले जानकारी दिइन् ।

https://www.facebook.com/reel/1214290993532465

प्रतिक्रिया