समृद्धिलाई वल्र्ड राइजिङ स्टार उपाधि

काठमाडौँ । जर्जियाको तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वल्र्ड राइजिङ स्टार’को शीर्ष उपाधि नेपाली प्रतियोगी समृद्धि शाहले जितेकी छन् । ‘डिसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा ४० बढी देशका प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् । समृद्धि काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा अध्ययन गर्छिन् ।

प्रतियोगितामा समृद्धिसँगै गएका ‘डिएसए स्टार सिजन १५’का विजेता प्रनिक थापाले ‘ग्रान्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते । प्रनिक नागार्जुनस्थित काठमाडौँ भ्याली स्कुलमा कक्षा ३ पढ्छन् । प्रतियोगिता गत ८ देखि १३ जनवरीसम्म भएको थियो । नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रनिक र समृद्धिलाई जर्जिया पठाएको थियो । उनीहरूसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया गएका थिए । प्रतियोगितामा बराइलीले ‘सर्वोकृष्ट अन्तर्राष्ट्रिय डाइरेक्टर’को अवार्ड प्राप्त गरे । परिवर्तन इभेन्ट हाउसले यसअघि २ पटक ‘वल्र्ड राइजिङ स्टार’मा प्रतिनिधित्व गर्दै २ पटक नै नेपाली बालबालिका विश्वविजेता बनिसकेका छन् ।

प्रतिक्रिया