
काठमाडौँ । गायक यम बरालको स्वरमा रहेका ३ वटा गीत ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक भएको छ । राजधानीमा हालै एक कार्यक्रबीच कलाकार मदनकृष्ण श्रेष्ष्ठ, संगीतकार तथा प्राध्यापक दीपक जंगम, निर्देशक तथा कलाकार दीपाश्री निरौला र पत्रकार ऋषि धमलाले गीत सार्वजनिक गरे ।
सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन र जुना कार्की तथा गायक बरालको अभिनय छ ।
यस्तै ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ । गीतको भिडियोमा गीतकार बरालकै निर्देशन, विक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन तथा गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय छ ।
तेस्रो गीत ‘टेन्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ । नितिन चन्दको निर्देशन, नमित चन्द ठकुरीको सहायक निर्देशन, मनोज केसीको छायांकन र सुकुन तिमल्सिनाको सम्पादन तथा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रसिला श्रेष्ठ र गायक बरालको अभिनय छ ।
कार्यक्रममा गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए । ३५ वर्षदेखि संगीतमा सक्रिय गायक बरालले आफूलाई विश्वास गरेर उत्कृष्ट सिर्जनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका श्रष्टा तथा स्रर्जकप्रति आभार व्यक्त गरे । कलाकार मदनकृष्णले श्रीमतिलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको स्मरण गर्दै त्यही बेला गायक बरालको गीतले मन भुलाएको बताए ।
प्रतिक्रिया