
काठमाडौँ । बाल गायन तथा नृत्य प्रतियोगिता ‘लिटिल च्याम्पियन्स नेपाल–सिजन २’ गायनतर्फ सप्रान्त तामाङ र नृृत्यमा सिनियरतर्फ रोमन घतानी तथा जुनियरतर्फ श्रेया राई विजेता भएका छन् । गायनतर्फ एन्जल कार्की ‘फस्ट रनर अप’, समृद्धि अधिकारी ‘सेकेन्ड रनर अप’, नयल बराइली ‘थर्ड रनर अप’ र आयुष्मा गुरुङ ‘फोर्थ रनर अप’ भए । प्रतियोगितामा स्वस्तिका तामाङ ‘मस्ट पपुलर’ र स्मारिका पाण्डे ‘पब्लिक च्वाइस’ घोषित भए ।
नृत्य विधामा सिनियरतर्फ शिवानी खड्का ‘फस्ट रनर अप’, आन्याश्री खत्री ‘सेकेन्ड रनर अप’, अन्वी बनिया ‘थर्ड रनर अप’ र स्नेहा ढकाल ‘फोर्थ रनर अप’ भए । त्यस्तै क्रिस्टिना खड्का ‘मस्ट पपुलर’ र प्रनिता तामाङ ‘पब्लिक च्वाइस’ घोषित भए ।
त्यस्तै जुनियरतर्फ खुसी राई ‘फस्ट रनर अप’ र ‘मस्ट पपुलर’, पुण्यशिला भुजेल ‘सेकेन्ड रनर अप’, माइरा राना मगर ‘थर्ड रनर अप’, सीमा श्रेष्ठ ‘फोर्थ रनर अप’, आहिला रेहान ‘फिफ्थ रनर अप’ र सारंश ढुंगेल ‘सिक्स्थ रनर अप’ भए । त्यस्तै साल्सा केसी ‘पब्लिक च्वाइस’ भइन् ।
ब्ल्याक बर्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिता बालबालिकाका लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको आयोजकले जनाएका छन् । संस्थाकी मेनेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले २ महिनासम्मको निरन्तर प्रशिक्षणपछि भएको फिनालेमा काठमाडौँका ४० भन्दा बढी विद्यालयका ८० जना विद्यार्थीहरूको सहभागिता रहेको बताइन् । प्रतियोगितामा सन्दीप भुजेल, शान्ति तामाङ, अश्विन गुरुङ र युनिका खतिवडा कोरियोग्राफर थिए । यस्तै गायन विधातर्फ संगीत संयोजक विभुषण राईले प्रशिक्षण दिएका थिए ।
प्रतियोगितामा नृत्य विधातर्फ कोरियोग्राफर प्रेमलाल श्रेष्ठ, कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक प्रबिन थापा र मोडल तथा डान्सर कविता न्यौपाने र गायन विधातर्फ संगीत निर्देशक तथा गीतकार राजेन्द्रकुमार श्रेष्ठ, संगीतकार एलिश कार्की र गायिका जानुका तामाङ निर्णायक थिए ।
प्रतिक्रिया