
काठमाडौँ । जर्जियामा आज बिहीबारबाट हुन गइरहेको ‘वल्र्र्ड राइजिङ स्टार’मा नेपालबाट २ बालबालिकाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा ‘डिएसए स्टार सिजन १५’को विजेता प्रनिक थापा र ‘डिएसए स्टार सिजन १६ को विजेता समृद्धि शाहले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
प्रतियोगिता जर्जियाको तिब्लिसीमा यही ८ देखि १३ जनवरीसम्म हुँदै छ । यो प्रतियोगितामा विश्वभरबाट ४० भन्दाबढी देशका प्रतियोगी सहभागी हुँदै छन् । प्रनिक र समृद्धिलाई परिवर्तन इभेन्ट हाउसले जर्जिया पठाउन लागेको हो । उनीहरूसँग संस्थाका निर्देशक राज बराइली पनि सँगै जाँदै छन् ।
परिवर्तन इभेन्ट हाउसले यसअघि २ पटक ‘वल्र्र्ड राइजिङ स्टार’मा प्रतिनिधित्व गरिसकेको छ । २ पटक नै नेपाली बालबालिका विश्व विजेता बनिसकेका छन् । हाउसका निर्देशक बराइलीले यसपटक पनि शीर्ष ताज नेपालमै ल्याउनका लागि तयारी गरिरहेको बताए । ‘हामीले नेपाललाई चिनाउने भिडियो निर्माण गरेकाले त्यो भिडियो प्रतियोगितामा देखाउनेछौँ । जसकारण सहभागितासँगै नेपालको पर्यटन प्रवद्र्धन पनि गर्ने योजना छ,’ उनले भने । यो भिडियो परिवर्तन इभेन्ट हाउसको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ ।
प्रतिक्रिया