
काठमाडौँ । अस्ट्रेलियामा यही २३ जनवरीमा सांगीतिक कार्यक्रम ‘गलबन्दी नाइट’ हुने भएको छ । कार्यक्रममा गायिका समीक्षा अधिकारी, गायक तथा संगीतकार आमेश भण्डारी र गायक तथा संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति हुनेछ ।
कार्यक्रमका लागि समीक्षा र सुवास अस्ट्रेलिया जाने तयारीमा छन् । गायक तथा संगीतकार भण्डारी भने अस्ट्रेलियामा नै छन् । सुवास गीत ‘शिरमा शिरबन्दी’का गायक हुन् । स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस र पाल्पा इन्टरटेनमेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम ग्रान्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा हुनेछ । आयोजकले नेपाली मौलिक गीतसंगीत र सांस्कृतिक मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको जनाएको छ । उक्त कार्यक्रमका लागि दर्शकलाई ३० अमेरिकी डलर टिकट दर तोकिएको छ ।
प्रतिक्रिया